परराष्ट्रमन्त्री डा.राणालाई राजदूत डा.शर्माद्वारा स्वागत

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणालाई भारतस्थित नेपाली राजदूत डा.शंकर शर्माले स्वागत गरेका छन् ।
सोमबार नयाँ दिल्लीस्थित विमानस्थलको विशिष्ट कक्षमा राजदूत डा.शर्माले परराष्ट्रमन्त्री डा.राणालाई स्वागत गरेका हुन् ।
परराष्ट्रमन्त्री डा.राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाका लागि भारत भ्रमणमा गएकी छिन् । डा.राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
परराष्ट्रमन्त्री डा.राणा भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ ।
भारत सरकारको निमन्त्रणामा कार्यक्रममा परराष्ट्रमन्त्री डा.राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ ।
कार्यक्रमलाई परराष्ट्रमन्त्री डा.राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।
भ्रमणकै क्रममा परराष्ट्रमन्त्री डा.राणाले आफ्नो स्वास्थ्य जाँचको फ्लोअप पनि गराउने कार्यक्रम रहेको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया