तनहुँ कांग्रेसका जिल्ला सदस्य पौडेलको दुर्घटनामा मृत्यु

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, तनहुँका आमन्त्रित सदस्य ५२ वर्षीय बालकृष्ण पौडेलको दुर्घटनामा परेर मृत्यु भएको छ ।
शनिबार राति पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय, ललितपुरले आइतबार शोक वक्तव्य जारी गरेर स्व.पौडेलले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको सस्मरण गरेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ निवासी पौडेलको निधनबाट नेपाली कांग्रेसले एक होनाहार व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
‘नेपाली कांग्रेस उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, कांग्रेसले भनेको छ, ‘दिवंगत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया