कांग्रेस निकटको भूतपूर्व सैनिक संघको सभापतिमा गुरुङ निर्वाचित

वीपीनगर । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भूतपूर्व सैनिक संघको सभापतिमा गर्जबहादुर गुरुङ निर्वाचित भएका छन् ।

ललितपुरको वीपीनगरमा रहेको कांग्रेस केन्द्रीय कार्यालयमा सम्पन्न महाधिवेशनले सभापतिमा गुरुङलाई चयन गरेको हो । महासचिवमा टोपबहादुर मल्ल र कोषाध्यक्षमा भुपेन्द्र थापा निर्विरोध निर्वाचित भएका छन् ।

छैटौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा मेहरसिंह कुँवर, नारायणबहादुर सुयाल, रामकृष्ण सुनार, खड्कबहादुर कार्की, निमबहादुर खत्री, जीवनधर चपाई, इन्द्रबहादुर दहाल चयन भएका छन् ।

टहलबहादुर कार्की, कृष्णबहादुर खत्री, नारायणबहादुर खड्का, चन्द्रबहादुर गुरुङ, डिलबहादुर थापा मगर, जसबहादुर गुरुङ, राजकुमार आचार्य, विष्णुमायाँ तामाङ, दानबहादुर रानाभाट, ओमप्रकाश थापा पनि सदस्यमा चयन भएका छन् ।

केन्द्रीय सदस्यहरूमा रेस्मीराज अधिकारी, झहरबहादुर खत्री, नारायणसिंह ठकुरी, यामबहादुर खत्री, दिलबहादुर खत्री, महादेवप्रसाद अधिकारी, लिलासिंह राना, देवेन्द्रप्रसाद शर्मा, जीतबहादुर भट्ट, राजु सिग्देल चयन भएका छन् ।

साधुराम घिमिरे, गोकर्ण पुरी, धनबहादुर लामा, चिजा श्रेष्ठ, श्रीराम आले, राजकुमार बस्नेत, कमलकुमार गुमाजू, मेनबहादुर थिङ तामाङ, वीरबहादुर तिमिल्सिना पनि सदस्यमा चयन भएका छन् ।

रुद्रप्रसाद घिमिरे, भूपेन्द्रकुमार श्रेष्ठ, रामेश्वर खड्का, गौमती थापा मगर, निर्मल कुँवर, कमलबहादुर गुरुङ, फुलबहादुर गुरुङ, वीरबहादुर शाही, मोहनबहादुर राना, बुद्धिबहादुर थापा मगर सदस्यमा चयन भएका छन् ।

वासुदेव भण्डारी, रामबहादुर परिवार, पोखप्रसाद न्यौपाने र उदयबहादुर थापा पनि सदस्यमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

मनोनीत हुनेहरूमा विनुबहादुर थापा, अर्जुन केसी, जुद्धवीर थापा मगर, केशरबहादुर खाँड थापा, भक्तजङ्ग राई, सुब्बा थपलिया, गमबहादुर गुरुङ, प्रेमजङ्ग गुरुङ, ओमबहादुर रिमाल रहेका छन् ।

ओमजङ्ग पाण्डे, देवबहादुर थापा मसराङ्गी, बोधविक्रम पण्डित, क्षेत्रबहादुर थापा, डोरबहादुर अधिकारी, खडानन्द लामिछाने, चौबहादुर गुरुङ र केशबहादुर गुरुङ सदस्यमा मनोनीत भएका छन् ।

Published : Sunday, 2025 March 9, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया