अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामपुर प्रहरीको विशेष कार्यक्रम

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार रामपुर नगरपालिकाको सभाहलमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
रामपुर नगरपालिकाकी उप–प्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख (ईन्स्पेक्टर) रामबहादुर नेपालीको विेशष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष कपिलबहादुर खाण, वडा नं. २ का वडाध्यक्ष कृष्णबहादुर दर्जी, पूर्वी पाल्पा मजदुर व्यवस्थापनका अध्यक्ष निलकण्ठ भण्डारी, रामपुर नगरपालिकामा काम गर्ने महिला श्रमिक लगायतको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया