कांग्रेस लुम्बिनीका उपसभापति खनालद्वारा वडा कार्यालयको उद्घाटन

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका प्रदेश सभा सांसद राजु खनालले दाङको बंगलाचुली गाउँपालिकामा वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

शनिबार बंगलाचुली गाउँपालिकाको वडा नं. ४, झुलीडाँडामा निर्मित भवनको पूर्वमन्त्री खनालले उद्घाटन गरेका हुन् ।

नवनिर्मित वडा कार्यालयको भवनबाट जनतालाई छिटोछरितो माध्यमबाट सेवा दिन सहयोग हुने विश्वास लिएको खनालले बताएका छन् । उनले वडाध्यक्षसहितका जनप्रतिनिधिहरू गाउँका जनताको सेवामा चौबीस घण्टा तयारी अवस्था बस्नुपर्ने बताए ।

लुम्बिनी प्रदेशका सांसद खनालले जनताको काम पर्दा कुनै पनि समय आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले आफ्नो जिम्मेवारी जनताको सेवा गर्नु रहेको बताए ।

Published : Saturday, 2025 March 8, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया