प्रदीपको असक्षम नेतृत्व, जहाजको पाङ्ग्रा नै गायब

काठमाडौं । प्रदीपक अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारी सम्हालेपछि १/२ महिनाको फरकमा कुनैन कुनै काण्ड बाहिर आइरहेका छन् ।

कहिले जहाज दुर्घटना हुने, कहिले आकासमा प्राविधिक समस्या भएर बीच बाटोबाट जहाज फर्किने, टिकट नपाइने, टिकटमा कालो बजारी लगायतका काण्ड आइरहेका छन् । प्राधिकरणको नेतृत्व सक्षमतापूर्वक सम्हाल्न नसकेको परिणाम बुद्ध एयरको जहाजको पाङ्ग्रा हराएको काण्ड बाहिर आएको छ ।

प्रदीप अधिकारी प्राधिकरणको महानिर्देशक बनेपछि नेपालको धेरै हवाई दुर्घटनाहरू भएका छन् । पोखरा र भैरहवा जस्ता ठूला विमानस्थल सञ्चालन हुन सकिरहेका छैनन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीले नियमन र अनुगमन गरेको भनेर बेलाबेला बहुत ठूला अभिव्यक्ति दिने गरेका छन् । आफूलाई एक नम्बर दाबी गर्ने निजी जहाज कम्पनी बुद्ध एयरको जहाजको पाङ्ग्रा गायब भएको थाहा नपाउने प्राविधिक र महानिर्देशक अधिकारीलाई के कारबाही हुन्छ ? हेर्न बाँकी छ ।

काण्डहरू बाहिर आइरहेका बेला बिहीबार बुद्ध एयरको जहाजको एउटा पाङ्ग्रा जनकपुरमा छुटेको छ । ६२ यात्रु बोकेको जहाज दुर्घटना हुनबाट भने जोगिएको छ ।

जहाजको पाङ्ग्रा खसेको थाहा नपाउने प्राविधिक र खस्ने चरणमा रहेको पाङ्ग्राको किन समयमा मर्मत भएन ? प्रश्न उठेको छ । जहाज उड्नुभन्दा अगाडि प्राविधिक परीक्षण गर्ने गरिन्छ भनिएको छ । प्राविधिक परीक्षण भएको थियो भने पाङ्ग्रा किन जनकपुरमा छुट्यो ।

बिहीबार जनकपुरबाट उडेको बुद्ध एयरको जहाज नोजतर्फको एउटा पाङ्ग्रामा मात्रै अवतरण गरेको छ । जनकपुर विमानस्थलबाट ४ः३९ बजे उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ बजेर ५ मिनटमा अवतरण गरेको छ ।

अवतरणपछि पाइलटले सुरक्षा जाँच गर्ने क्रममा अगाडितर्फ नोज ल्यान्डिङ गेयर एउटामात्र पाङ्ग्रा देखिएको थियो । पाङ्ग्राका विषयमा सोधीखोजी गर्दा अर्को पाङ्ग्रा जनकपुर विमानस्थलमा खसेको खुलेको थियो ।

काठमाडौंमा अवतरण गरेपछि पोस्ट फ्लाइट चेक गर्ने बेलामा पाइलटले नोज ल्यान्डिङ गेयरको एउटा टायर नभएको थाहा पाएका थिए । जनकपुर एयरपोर्टको रनवेको टर्निङ प्याडमा अर्को एउटा पाङ्ग्रा भेटिएको थियो ।

Published : Friday, 2025 March 7, 2:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया