परराष्ट्रमन्त्री डा.राणासँग गिनीका राजदूत कोन्टेद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि गिनीका गैरआवासीय राजदूत अलासेन कोन्टेले भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत कोन्टेले शिष्टाचार भेट गरेका हुन् ।
भेटपछि परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘नेपालका लागि गिनीका गैरआवासीय राजदूत अलासेन कोन्टेसँग भेट्न पाउँदा खुसी लाग्यो ।’
परराष्ट्रमन्त्री डा.राणाले नेपालका लागि राजदूत नियुक्त भएकोमा कोन्टेलाई बधाई पनि दिएकी छिन् ।
‘हामीले हाम्रो द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने उपायहरूको समीक्षा र छलफल गर्यौं’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
Published : Friday, 2025 March 7, 12:30 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया