कांग्रेस नेता विश्वदेव श्रेष्ठको निधन, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस गोरखाका नेता विश्वदेव श्रेष्ठको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो शोक व्यक्त गरेका छन् ।

श्रेष्ठको फागुन २२ गते निधन भएको कांग्रेसले जनाएको छ । श्रेष्ठ नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका जिल्ला सदस्य, नेपाल तरुण दल एवं नेपाल उद्योग वाणिज्य संघ गोरखाका पूर्व अध्यक्ष हुन् । श्रेष्ठ गोरखा नगरपालिका वडा नं. ६ ठूलो आगन निवासी हुन् ।

श्रेष्ठको निधनप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । श्रेष्ठको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।

‘श्रेष्ठको फागुन २२ गते भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

श्रेष्ठको जन्म विक्रम संवत् २०१३ सालमा भएको थियो । श्रेष्ठले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

श्रेष्ठको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ ।

Published : Friday, 2025 March 7, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया