काठमाडौंमा अनाथालयभित्र टिपर प्रवेश, ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको साँखुस्थित अनाथालयमा अनियन्त्रित भएर प्रवेश गरेको टिपरले किचेर तीन बालकको मृत्यु भएको छ ।
१० जना सुतिरहेको टहरामा शुक्रबार बिहान टिपर अनियन्त्रित भएर पसेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धका अनुसार शंखरापुर नगरपालिका–६ सलम्बुटारस्थित साँखु–ब्रम्हखेल सडकखण्डमा युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग पीडित संस्थाको अनाथालयमा शुक्रबार बिहान ३ बजेर ४० मिनेटको समयमा टिपर पसेको छ ।
टहरामा १० जना सुतेका थिए । टिपरले किचेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराले बताएका छन् ।
प्रहरीले बा २ क ६५८० नम्बरको टिपरका चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १२ घर भएका सागर माझीलाई नियन्त्रणमा लिएको छ ।
आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले भने, ‘हामीले नै नाम राखिदिएको आकाश र सुमन घटनास्थलमै रहेनन् । अर्का एकजना बाजे हरिजन गम्भीर घाइते हुनुहुन्थ्यो । उहाँको पनि अस्पतालमा निधन भयो ।’
द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपाल (सीभीडीएस)ले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । आश्रयस्थलमा ६१ जना बस्दै आएका छन् । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया