मनहरीले खेलकुदको विकास र भौतिक संरचना निर्माण बजेट पाउँछ : मन्त्री महर्जन

मनहरी । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मनहरी गाउँपालिकाको खेलकुदको विकास र भौतिक संरचना निर्माणमा आफूले विशेष ध्यान दिने बताएका छन् ।
बिहीबार मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउनुपर्ने बताए । उनले बागमती प्रदेशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मेडल विजेता खेलाडीहरू सबैभन्दा धेरै रहेको बताए ।
खेलकुदमन्त्री महर्जनले महोत्सव लागिरहेको स्थान मनहरी गाउँपालिकाको वडा नं. ८ बेलुवाको खेल मैदानलाई पर्खालको व्यवस्था मिलाइदिने आश्वासन दिएका छन् । उनले यसपटक बजेट थोरै भएको भन्दै आर्थिक वर्ष ०८१/८२ को बजेटमा बेलुवा खेलमैदानलाई विशेष ध्यान दिइने बताए ।

कार्यक्रममा पूर्वसांसद रामकुमार स्याङ्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले खेलसँगै व्यापार महोत्सवलाई पनि स्थान दिइइएकोमा आयोजकलाई धन्यवाद दिएका छन् ।
युवा तथा खेलकुदमन्त्री महर्जनद्वारा उद्घाटन गरिएको महोत्सव १३ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा खेलकुद गतिविधि, व्यापार तथा मनोरञ्जनका कार्यक्रम संचालन हुनेछ ।
मनहरी गाउँपालिकाभित्र रहेका विद्यालयका विद्यार्थीले कार्यक्रममा मार्च पास तथा पीटी प्रदर्शन गरेका छन् । महोत्सवमा अध्यक्ष कप फुटबल, उपाध्यक्ष भलिबल कप, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स लगायतका ईभेन्टहरू समावेश गरिएको छ ।
फुटबलतर्फका बिजेता, उपविजेताले १ लाख र ५० हजार रुपियाँ पाउनेछन् । उपाध्यक्ष भलिबलतर्फ विजेतालाई ५० हजार र उपविजेतालाई ३० हजार प्रदान गरिनेछ ।

क्रिकेटतर्फ विजेताले ३० र उपविजेताले २० हजार पाउनेछन् । ब्याडमिन्टन (जोडी) विजेताले ३० र उपविजेताले २० हजार पाउनेछन् । एथलेटिक्सतर्फ २०० मिटर खुल्ला दौडमा विजेतालाई १५ र उपविजेतालाई ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।
१०० मिटर खुल्ला दौडको विजेतालाई १० र उपविजेताले ५ हजार पाउनेछन् । विजेता खेलाडी र टिमले नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलकुद महोत्सवमा समावेश गरिएका खेलहरू मनहरी गाउँपालिका वडा नं. ७ र ८ मा संचालन हुनेछ । फुटबल, क्रिकेट र एथलेटिक्स मनहरी– ७ रमौलीस्थित मनहरी क्षेत्रीय रंगशालामा संचालन हुनेछ ।
ब्याडमिन्टन मनहरी– ७ रमनटारस्थित रविन स्मृति कभर्डहलमा संचालन हुनेछ । उपाध्यक्ष भलिबल प्रतियोगिता मनहरी– ८ सिम्पानीस्थित गणेशधारा फुटबल चौरमा सञ्चालन हुनेछ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया