तुलसीपुरमा ठूलो रकमसहित ११ जना जुवा खेल्ने मानिसहरू पक्राउ
मसुरिया । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुरमा जुवाको खालबाट नगदसहित ११ जना मानिसलाई पक्राउ गरेको छ ।
तलसीपुर उप–महानगरपालिका वडा नं. ९ रामनगर बस्ने कमल बि.क. बगालेको घरबाट १ लाख १६ हजार ८ सय रुपियाँसहित ११ जनालाई पक्राउ गरिएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
कमल बि.क.को घरमा जुवातास खेलीरहेको गोप्य सूचनाको आधारमा मंगलबार प्रहरीले छापामारेको थियो । प्रहरीले ७ गड्डी तास पनि बरामद भएको छ ।

पक्राउ पर्नेमा तलसीपुर ५ का २९ वर्षीय अमर रेउले, ४५ वर्षीय भक्तबहादुर वली, ३८ वर्षीय शरण श्रेष्ठ, ३० वर्षीय राजु राईनी, ३९ वर्षीय हिमाल खराल, ३० वर्षीय आशिष चन्द रहेका छन् ।
३९ वर्षीय कमल बि.क. बगाले, ३४ वर्षीय सन्देश रेग्मी, ४० वर्षीय बामदेव विष्ट, ३३ वर्षीय अर्जुन शाही र सल्यानको बागचौर नगरपालिका वडा नं. १२ का ४५ वर्षीय भीमबहादुर वली रहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया