नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष गिरी जबरजस्ती करणी अभियोगमा पक्राउ
वालिङ । नेकपा (एकीकृत समाजवादी) स्याङ्जाका अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् ।
५१ वर्षीय गिरी नेकपा (एकीकृत समाजवादी)को गण्डकी प्रदेशका उपाध्यक्ष पनि हुन् । कास्की जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
पुतलीबजार नगरपालिका–१४ का गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । प्रहरीले गिरीविरुद्ध जबरजस्ती करणीको आरोपका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2025 March 6, 9:25 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया