बागमतीको बजेट खेलकुदको भौतिक पूर्वाधार निर्माणमा केन्द्रित हुन्छ : खेलकुदमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेश देशकै खेलकुद हब भएको बताएका छन् ।
बुधबार मकवानपुरको हेटौंडा उपमहानगर वडा नं. १४ स्थित कबर्ड हल भवनको शिलान्यास गर्दै उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा बागमती प्रदेशभित्र खेलकुदका लागि आवश्यकता अनुसार भौतिक पूर्वाधार निर्माणमा जोड दिने बताए ।
मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरू र सम्पतिका विषयमा आफूले अध्ययन गरिरहेको बताए । उनले भने, ‘हामीले सबै जिल्लाका पूर्वाधारहरू सम्पत्तिको खोजी गरीरहेका छौं । ती कस्तो अवस्थामा छन् त्यसको जानकारी लिने काम शुरु गरेका छौं ।’
युवा तथा खेलकुदमन्त्री महर्जनले खेलाडीहरूका लागि छात्राबास र मार्सल आर्टकोे सुविधा सम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताए ।

गौरीटार रंगशालाभित्र निर्माण भएका पूर्वाधारहरूको उचित उपयोग हुन नसकेकोप्रति खेलकुदमन्त्री महर्जन संकेत गर्दै भने, ‘बागमती प्रदेशभित्रका खेल पूर्वाधारहरू मनोमानी ढङ्गले चलेका छन् भन्ने मैले सुनेको छु । यो खेलाडी उत्पादन गर्ने ठाउँ हो न की धनी व्यक्तिहरूले भुँडी घटाउने ठाउँ ।’
विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकुद मन्त्रालय रहे पनि अहिले खेलकुद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने मन्त्री महर्जनले बताए ।
उनले खेलकुदसँगै युवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताएका छन् । मन्त्री महर्जनले जिल्ला–जिल्लामा रहेका खेलकुदका भौतिक सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको बताए ।
मन्त्री महर्जनले मकवानपुरको हेटौडा वडा नं. १४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरेका छन् । महर्जनले बक्सिङ भवनको शिलान्यास गरेको जनाइएको छ ।
युवा तथा खेलकुदमन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरू र सम्पत्तिका विषयमा आफूले अध्ययन गरिरहेको बताए । उनले भने, ‘हामीले सबै जिल्लाका पूर्वाधारहरू सम्पत्तिको खोजी गरीरहेका छौं । ‘ती कस्तो अवस्थामा छन् त्यसको जानकारी समेत लिनेकाम शुरु गरेका छौं ।’

युवा तथा खेलकुदमन्त्री महर्जनले खेलाडीहरूका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताएका छन् ।
बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामाले हेटौंडा उपमहानगरपालिकाले २५ लाख बिनियोजन गरेको कबर्ड हलको लागत ३ करोड रहेको बताए । लामाले कबर्ड एक वर्षभित्रमा निर्माण गरिसक्ने कार्यतालिका रहेको बताएका छन् ।
लामाले भने, ‘खेलकुद परिषदको युनिक बक्सिङ क्लब भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो ।’
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, सोही वडाका वडाध्यक्ष दीपक थापा लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया