परराष्ट्रमन्त्री डा.राणासँग जर्मनीका राजदूत डा.प्रिन्जद्वारा बिदाई भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले बिदाई भेटवार्ता गरेका छन् ।

बुधबार बिहान बुढानिलकण्ठस्थित निवासमा परराष्ट्रमन्त्री डा.राणासँग राजदूत डा. प्रिन्जले भेटवार्ता गरेका हुन् । डा.राणालाई कार्यकाल पूरा गरि आफू नेपालबाट जर्मनी फर्किन लागेको डा.प्रिन्जले जानकारी गराएका छन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जको कार्यकालमा नेपाल–जर्मनी सम्बन्धलाई अझ सुदृढ पार्न उहाँले गर्नुभएको योगदानको लागि मैले विशेष धन्यवाद दिएको छु ।’

Published : Wednesday, 2025 March 5, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया