संसद सचिवालयले एमाले समर्थक दुई पत्रकारको प्रवेश पास खोसिदियो

काठमाडौं । पत्रकार आचारसंहिता भन्दा बाहिर गएर अराजक र असभ्य शब्दावलीसहित प्रश्न गर्ने दुई पत्रकारको प्रवेश पासलाई संसद सचिवालयले निलम्बन गरेको छ ।
संसद सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘युवा मन नेपाल’ युट्युव च्यानलका किशोरकुमार श्रेष्ठ र ‘सुनौलो नेपाल’ युट्युव च्यानलका प्रकाश ओलीलाई १ महिना संसद भवन प्रवेशमा रोक लगाएको प्रवक्ता एकराम गिरीले बताएका छन् ।
श्रेष्ठ र ओलीलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ ।
श्रेष्ठ र ओलीले फागुन ४ गते प्रधानमन्त्री केपी ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न सोधेका थिए । त्यसपछि एमालेका सांसद सूर्यबहादुर थापाले संसद बैठकमा नै कुरा उठएका थिए ।
पत्रकारद्वय श्रेष्ठ र ओलीले संसद भवन परिसरभित्र देखाएको व्यवहार, शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लंघन भएको सचिवालयले जनाएको छ ।
श्रेष्ठ र ओलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयले जनाएको छ ।
संसद सचिवालयले तानाशाह भन्ने ‘युवा मन नेपाल’का श्रेष्ठ र हिटलर भन्ने ‘सुनौलो नेपाल’का प्रकाश ओली रहेको पत्ता लगाएर उनीहरूलाई एक महिना संसद प्रवेशमा रोक लगाएको जनाएको छ ।
श्रेष्ठ मोरङको उर्लाबारी वडा नम्बर ६ मा २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यको उम्मेदवार थिए । श्रेष्ठ कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । श्रेष्ठले उर्लाबारी वडा नं. ६ को वडा सदस्य पदमा ६ सय ३३ मत ल्याएका थिए । १ हजार ९ मत ल्याएर कांग्रेसका बमबहादुर श्रेष्ठले जितेका थिए ।
प्रकाश ओली पनि एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । प्रधानमन्त्री ओलीलाई होच्याएर प्रश्न गर्ने दुबै जना एमालेका कार्यकर्ता हुन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया