परराष्ट्रमन्त्री डा.राणाद्वारा स्व. प्रकृति लम्सालका बुबाआमासँग निवासमै पुगेर भेट

बुटवल । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतकाे ओडिसामा मृत्युु भएकी प्रकृति लम्सालका बुबाआमालाई भेट गरेकी छिन् ।
साेमबार बुटवलमा डा.राणाले स्व.प्रकृति लम्सालका बसबाआमालाई भेटगरि सहानुभूति प्रकट गर्दै घटनामा संलग्न दाेषीलाई कारबाही गर्ने प्रतिबद्धता भारतीय पक्षबाट आएकाे बताएकी छिन् ।
प्रकृति लम्सालकाे निधनबाट आफू निकै मर्माहत भएको बताएकी छिन् । उनले घटनाको जानकारी हुनेबित्तिकै आफूले कुटनीतिक पहल गरेकाे बताइन् । उनले प्रकृतिका परिवारजनप्रति समवेदना व्यक्त गरेकी छिन् ।
स्व.प्रकृति लम्सालका बुबाआमाले घटनाको छानबिन र दाेषीलाई कारबाहीका लागि कुटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री डा.राणासँग आग्रह गरेका छन् । डा. राणाले पनि भारतीय पक्ष घटनाको गाम्भीर्यतमा सजग रहेकाे जानकारी पाएकाे बताउँदै याे विषयमा कसटनीतिक पहल गर्ने बताएकी छिन् ।
स्व.प्रकृति लम्सालका बुबाआमालाई भेट्न परराष्ट्रमन्त्री डा.राणासँग गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री राेज राणा लगायतका नेताहरू निवासमा पुगेका थिए ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया