लेनदेनमा विवाद हुँदा गाेली प्रहार, विष्टको ज्यान गयाे

दाेगडाकेदार । बैतडी जिल्लामा गाेली हानेर २५ वर्षीय सुरेन्द्र विष्टकाे गाेली हानेर हत्या भएको छ ।
दाेगडाकेदार गाउँपालिका–८ का विष्टको गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रले बताए ।
गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको मिश्रले बताएका छन् । उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
Published : Sunday, 2025 March 2, 9:31 am
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया