विपिनको रिहाइमा अधिकतम् कुटनीतिक पहल गरेका छौं : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका विषयमा विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग कुराकानी भएको बताएकी छिन् ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा.राणाले विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको बताइन् । हमासको कब्जामा नेपाली रहेको भए रिहाइ हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताएकी छिन् । डा.राणाले विपिन जोशीको रिहाइका लागि अधिकतम् कुटनीतिक पहल गरेको बताएकी छिन् ।
डा.राणाले संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको बताएकी छिन् ।
मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालको प्रतिबद्धताका विषयमा जानकारी गराइएको उनले बताइन् । जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालले विगत लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराएको बताइन् । सोही प्रतिबद्धताका साथ नेपालले परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको बताइन् ।
संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूसँग परराष्ट्रमन्त्री डा.राणाले आग्रह गरेकी छिन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया