ग्याल्पो ल्होसार आपसी सद्भाव र एकताको विन्दुको प्रतीक : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार शुभकामना सन्देश दिँदै गुरुङले आपसी सद्भाव र एकताको विन्दुको प्रतीकको रुपमा आउने यस्तो पर्वले हरेक नेपालीलाई भावनामा जोड्ने बताए । उनले ल्होसार जस्तो पर्वले शेर्पा समुदायको पुरानो संस्कृतिलाई जोगाएको बताएका छन् ।
उनले भने, ‘बौद्ध धर्मावलम्बीहरू एवं शेर्पा जातीले मनाउने ग्याल्पो ल्होसारको सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
शेर्पा समुदायले आफ्नो संस्कृतिलाई बचाउन हरेक वर्ष फेब्रुअरी महिनामा ग्याल्पो ल्होसार मनाउने गर्छन् ।
Published : Friday, 2025 February 28, 9:58 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया