मकवानपुर प्रहरीद्वारा ठूलो परिमाणमा अफिम र गाँजा बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा लागुऔषध अफिम र गाँजा बरामद गरेको जनाएको छ ।
फागुन १० गते बिहान इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले गाँजा बरामद गरेको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।
मनहरी गाउँपालिका वडा नं. ६ नयाँ वस्तीस्थित पूर्वपश्चिम महेन्द्रराजमार्ग सडकखण्डमा साईड लगाई रोकीराखेको बा ७ च ७०१८ नम्बरको सुमोलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको छ ।

सुमोको पछाडिको सिटमुनि लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो (पोल्याण्ड) १२७ किलो ९४० ग्राम फेला परेको एसपी खड्काले बताएका छन् ।
लागूऔषध तथा सुमो समेत नियन्त्रणमा लिइएको थियो । तत्काल फरार रहेका सुमो चालकको खोजतलास तथा अनुसन्धानको क्रममा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ०९ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १३ पेप्सीकोला बस्ने वर्ष ३८ को लालबहादुर तामाङलाई पक्राउ गरिएको एसपी खड्काले बताए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको समन्वयमा गोकणेश्वर नगरपालिका वडा नं. ४ स्थित जोरपाटीबाट फागुन १३ गते पक्राउ गरिएको छ ।

यसैबीच, फागुन १४ गते प्रहरी चौकी बसामाडी, लेवटबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी लेवटस्थित प्रहरी चौकी अगाडि पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा ४ ख ३९३५ नम्बरको यात्रुबाहक बसमा सवार भई आएका मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ हाँडीखोला बस्ने वर्ष ४४ को दीपक ओझालाई गाँजासहित पक्राउ गरिएको एसपी खड्काले बताएका छन् । ओझासँग प्रहरीले ११ किलो ४२० ग्राम गाँजा फेला परेको छ ।

बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया