नारायणपुरबाट लागुऔषधसहित दुई जना पक्राउ
मसुरिया । जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषध बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
घोराही उपमहानगरपालिका–१० झारबैरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपियाँ सहित घोराही–१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले डाँगीलाई लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा लागूऔषध घोराही–१० झारबैरा चोकमा मेडिकल संचालन गरी बस्ने घोराही–१६ घर भएका ईन्द्रबहादुर विकको मेडिकलबाट खरिद गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीले मेडिकल तलासी गर्दा ट्रामाडोल ५ सय ५९ क्याप्सुल, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद २९ हजार रूपियाँ फेला पारी ईन्द्रबहादुर बिकलाई समेत पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया