सभापति खतिवडा नर्मदेश्वर महोत्सवमा सहभागी, शिवरात्रिको अवसरमा शुभकामना व्यक्त
लिखु । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नर्मदेश्वर महोत्सवमा सहभागी भइ शुभकामना दिएका छन् ।
बुधबार ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वर मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक नर्मदेश्वर महोत्सव २०८१’ को सभापति खतिवडाले उद्घाटन गरेका छन् । उनले महोत्सवको सफलताको कामना गर्दै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको बताए ।
सभापति खवितडाले माहशिवरात्रिको अवसरमा पनि शुभकामना दिएका छन् । शिवरात्रिको अवसर पारेर नर्मदेश्वर महोत्सवको सुरुवात भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले नर्मदेश्वर महोत्सवले स्थानीय पर्यटनलाई सहयोग पुग्ने अपेक्षा लिएको बताएका छन् । कार्कीले महोत्सवमा छिमेकी जिल्लाबाट पनि स्थानीय जनताको आवागमन हुने बताए ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया