रुकुम पश्चिमका ३ जना केटा पक्राउ, अमेरिका पठाउने बहानामा साढे १ करोड ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सोमबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेकाहरूमा रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने २४ वर्षीय मनीषराज खड्का, रूकुम पश्चिमको मुसिकोट नगरपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने २७ वर्षीय मधुकुमार खड्का र ३४ वर्षीय बीरेन्द्र खड्का रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
मनीषराजलाई काठमाडौं महानगरपालिका–९ बाट तथा मधुकुमार र बीरेन्द्रलाई टोखा नगरपालिका–८ बाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया