परराष्ट्रमन्त्री डा.राणाद्वारा स्थायी नियोगको भ्रमण, स्थायी प्रतिनिधि सुवेदीद्वारा स्वागत

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगको भ्रमण गरेकी छिन् ।
नेपाली समयअनुसार मंगलबार डा.राणाले स्विट्जरल्याण्डको जेनेभामा रहेको संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगको कार्यालयको भ्रमण गरेकी हुन् । नेपालको तर्फबाट नियोगको स्थायी प्रतिनिधि (राजदूत)मा रामप्रसाद सुवेदी छन् ।
परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका राजदूत सुवेदीले परराष्ट्रमन्त्री डा.राणालाई नियोगको कार्यालयमा स्वागत गरेका छन् । त्यस क्रममा नियोगमा रहेका नेपाली कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।
यसअघि, परराष्ट्रमन्त्री डा.राणा जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । उनले कुटनीतिक भेटवार्ताहरू पनि गरेकी छिन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया