सिस्नेका बोहरा चाबहिलबाट पक्राउ

काठमाडौं । ठगी मुद्दामा फरार रहेका प्रतिवादी २७ वर्षीय कमल बोहरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ ।
ठगी सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि बोहरा फरार रहेका थिए । पुर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ८ घर भई बोहरा हाल काठमाडौंको बौद्धमा बस्दै आएका थिए ।
बोहरालाई अपराधको प्रहरी टोलीले फागुन १२ गते दिउँसो ३ बजेर ३० मिनटमा चावहिलबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । बोहरालाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ ।
Published : Wednesday, 2025 February 26, 11:17 am
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया