सन्तोषीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि ईन्स्पेक्टर पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) विवेक जोशी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार राति सशस्त्र प्रहरी बलकी ईन्स्पेक्टर सन्तोषी महतको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि ईन्स्पेक्टर जोशीलाई पक्राउ गरेको जनाएको छ । सन्तोषीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा प्रहरीले जोशीलाई पक्राउ गरेको जनाएको छ ।
ईन्स्पेक्टर जोशीलाई अनुसन्धानका लागि पक्राउ गरेको कास्की प्रहरीका डीएसपी बसन्त शर्माले बताएका छन् । ईन्स्पेक्टर जोशी तनहुँस्थित ३ नम्बर गणमा कार्यरत थिए ।
जोशीविरुद्ध सन्तोषीका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरीका आधारमा जोशी पक्राउ परेका हुन् ।
शनिबार राति पोखराको तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा सन्तोषी झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । सन्तोषीको मृत्युको कारण प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया