आचार्यद्वारा समाचारको खण्डन
काठमाडौं । बेल्जियममा बसेर प्रधानमन्त्री केपी ओली र न्यायालय तथा न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेको विषयमा प्रकाशित समाचारको सनत आचार्यले खण्डन गरेका छन् ।
दोहोर्याएर खण्डन पठाई आचार्यले ‘प्रहरी निगरानीमा सनत आचार्य, बेल्जियममा बसेर प्रधानमन्त्री, न्यायधिससहितका व्यक्तिको चरित्रहत्या’ शीर्षकको समाचारको खण्डन गरेका हुन् ।
आचार्यले ‘प्रहरी निगरानीमा सनत आचार्य, बेल्जियममा बसेर प्रधानमन्त्री, न्यायधिससहितका व्यक्तिको चरित्रहत्या’ शीर्षकको समाचारको खण्डन गरेका हुन् ।
उनले भनेका छन्, ‘डिसेम्वर २४ को पोष्टमा रवि लामिछानेबिरुद्धको मुद्धामा गोला प्रकृयाद्धारा इजलास छनौट गर्दा माननीय न्यायाधीश नितिज राईको इजलासमा मुद्धा परेको र मैले माननीय न्यायाधीश र न्याय क्षेत्रमा प्रवेशका सम्वन्धमा जानकारी गराएको छु ।’
‘प्रधानमन्त्री केपी ओलीले बाघ र जंगलका विषयमा सार्वजनिक मञ्चमा बोलेका विषयलाई मैले सामान्य शब्दमा कटाक्ष गर्दा प्रधानमन्त्रीबिरुद्ध चरित्रहत्या कसरी भयो ? लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, वाक स्वतन्त्रता सबैमा हुन्छ भन्ने कुरा हामीले बिर्सन हुँदैन । यति भन्दैमा लोकतन्त्रमा आम संचार क्षेत्र र नागरिक समेतलाई सबै गर्न छुट छभन्ने पनि हुँदैन’, आचार्यले भनेका छन् ।
उनले भने, ‘नेपाली समाजलाई एकआपसमा जोड्न राजसंस्थाको आवश्यक छभन्ने महसुश गरेको व्यक्ति हुँ तर, राजावादी हैन ।’ उनले आफू नेपाली नागरिक नै भएको भन्दै नागरिकता र पासपोर्ट दुबै नेपाली रहेको बताएका छन् ।
आचार्यको खण्डन


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया