अबैध रुपमा नेपाल बस्दै आएका ७ बंगलादेशी नागरिक काठमाडौंबाट पक्राउ

काठमाडौं । अबैध रुपमा नेपाल छिरेका सात जना बंगलादेशी नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले फागुन ९ गते ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरिएको जनाएको छ । भिषा अवधि समाप्त पश्चात गैह्रकानूनी रुपमा नेपालमा बसिरहेका बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको विज्ञप्तिमार्फतप्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय मोहम्मद अतिकुल स्लाम, ४० वर्षीय मोहम्मद जाहागिर आलम, मोहम्मद अमिनुल हक, ३९ वर्षीय माहम्मद अमदादुल अहेक, २८ वर्षीय मोहम्मद नासिरुद्धिन र ४६ वर्षीय मोहम्मद मुसर्रफ होसेन हाल्दर रहेका छन् ।

पक्राउ परेका बंगलादेशी नागरिकहरू गौशाला, ठमेल, लैनचौरी लगायतका स्थानमा लुकीछिपी बस्दै आएका थिए ।

Published : Monday, 2025 February 24, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया