असारभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने विश्वास छ : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण असार महिनाभित्र हुने बताएकी छिन् ।
शनिबारको अंकमा भारतीय दैनिक पत्रिका ‘द हिन्दू’सँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री डा.राणाले २०८२ सालको असार १५ गते अर्थात् २०२५ जुन महिनाभित्र प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्ने बताएकी छिन् ।
प्रधानमन्त्री ओलीले असार १५ गतेभित्र भारतको भ्रमण गर्ने अपेक्षा आफूले राखेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
भारत भ्रमण अगाडि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा साइडलाइन वार्ता हुनेछ ।
अप्रिलमा बैंककमा हुने बिमस्टेक बैठकका बेला प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको परराष्ट्रमन्त्री डा.राणाले बताएको द हिन्दूले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि कुटनीतिक पहल गरिरहेकी छिन् । नेपाल र भारतबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन डा.राणाले प्रयास गरेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया