असारभित्र प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने विश्वास छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण असार महिनाभित्र हुने बताएकी छिन् ।
शनिबारको अंकमा भारतीय दैनिक पत्रिका ‘द हिन्दू’सँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री डा.राणाले २०८२ सालको असार १५ गते अर्थात् २०२५ जुन महिनाभित्र प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्ने बताएकी छिन् ।
प्रधानमन्त्री ओलीले असार १५ गतेभित्र भारतको भ्रमण गर्ने अपेक्षा आफूले राखेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
भारत भ्रमण अगाडि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा साइडलाइन वार्ता हुनेछ ।
अप्रिलमा बैंककमा हुने बिमस्टेक बैठकका बेला प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको परराष्ट्रमन्त्री डा.राणाले बताएको द हिन्दूले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि कुटनीतिक पहल गरिरहेकी छिन् । नेपाल र भारतबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन डा.राणाले प्रयास गरेकी छिन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया