प्रकृति लम्सालको निवासमा पुगेर कांग्रेस नेता खाणद्वारा श्रद्धाञ्जलि व्यक्त

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले भारतको ओडिसामा मृत्यु भएकी प्रकृति लम्सालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
आइतबार नेता खाणले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित निवासमा पुगेर स्व.प्रकृति लम्सालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । नेता खाणले शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको निजी सचिवालयले जनाएको छ । प्रकृति लम्पासका आफन्त रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित निवासमा १३ दिनको कार्यमा बसेका छन् ।
केही दिन अगाडि ओडिसामा रहेको केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु भएको थियो । सो घटनामा सयौँ नेपाली विद्यार्थीलाई क्याम्पस प्रशासनले दर्व्यवहार गर्नुका साथै अमानवीय व्यवहार गरेको थियो ।
प्रकृति लम्सालको मृत्यु प्रकरणको छानविन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग उठेको छ । ओडिसा सरकारले पनि छानविन समिति गठन गरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया