कांग्रेस नेता बालकृण खाण र मञ्जु खाणद्वारा महाकुम्भमा स्नान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले भारतको उत्तर प्रदेश प्रयागराजमा महाकुम्भ मेलामा स्नान गरेका छन् ।

पत्नी मञ्जु खाणसहित प्रयागराज पुगेका नेता खाणले स्नान गरेका हुन् । उनले धार्मिक विधिअनुसार गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा स्नान गरेका हुन् ।

कांग्रेस नेता खाणले महाकुम्भ मेलाका क्रममा विभिन्न शक्तिपीठको दर्शन समेत गरेका छन् ।

Published : Sunday, 2025 February 23, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया