कुम्भ स्नान गरेर फर्किएको गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा गाडी दुर्घटना हुँदा ४ नेपालीहरूको मृत्यु भएको छ ।
शुक्रबार राति भएको दुर्घटनामा ६ जना नेपालीहरू घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ की लीलादेवी चौधरी, कञ्चनरुप–७ का पर्शुराम चौधरी र कञ्चनरुप–५, पिपरा पूर्वकी हरिहरदेवी यादव रहेकी छिन् ।
दुर्घटनामा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलियादेवी यादवको पनि मृत्यु भएको छ ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जीतेन्द्र बस्नेतले कञ्चनरुपका तीन जनाको मृत्यु भएको तथा अन्य तीन जना घाइते भएको भारतीय प्रहरीबाट जानकारी प्राप्त भएको बताएका छन् ।
दुर्घटनामा उपेन्द्र चौधरी, जितु यादव घाइते भएका छन् । घाइतेमध्ये दुईजना उदयपुरका छन् । सबैको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले बताएको डीएसपी बस्नेतले उल्लेख गरेका छन् । घाइतेहरूको गोरखपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको थियो । पाँच जना घाइते भएका थिए ।
तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका–९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको थियो ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया