बागमती कांग्रेसका सभापति बानियाँद्वारा प्रयागराजमा स्नान

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले प्रयागराजमा महाकुम्भको पावन अवसरमा स्नान गरेका छन् ।

शनिबार सभापति बानियाँले धर्मपत्नी दीपा पौडेल बानियाँका साथ महाकुम्भमा स्नान गरेका हुन् ।

महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागराजस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्न पाउँदा दैविक शक्तिको अनुभूति भएको सभापति बानियाँले बताएका छन् ।

यसअघि, नेपाली कांग्रेसका नेताहरूले प्रयागराजमा महाकुम्भमा स्नान गरिसकेका छन् । नेपालबाट उल्लेख्य संख्यामा महाकुम्भमा स्नान गर्न प्रयागराजमा नेपालीहरू गइरहेका छन् ।

Published : Saturday, 2025 February 22, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया