परराष्ट्रमन्त्री डा.राणाद्वारा ओडिसाका मुख्यमन्त्री माझीसँग कुराकानी, दोषीलाई कारबाहीको माग

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छिन् ।
शनिबार भएको टेलिफोन कुराकानीका क्रममा परराष्ट्रमन्त्री डा.राणाले मुख्यमन्त्री माझीसँग प्रकृति लम्सालको मृत्यु प्रकरण र त्यसपछिको घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरेकी छिन् । डा.राणाले सो घटनाका दोषीलाई कानूनअनुसार कारबाहीको माग पनि गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘उहाँसँग मैले प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु ।’
‘भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज मैले ओडिसाका मुख्यमन्त्री श्री मोहनचरण माझीसँग फोनमा कुराकानी गरेँ’, उनले भनिन् ।
‘नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरेँ’, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
उनले भनिन्, ‘यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूतावास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकोले उहाँहरूको समन्वयका लागि पनि मैले मुख्यमन्त्री माझीसँग आग्रह गरेँ ।’
‘उहाँले यस घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
‘उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो’, उनले भनिन् ।
‘यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया