प्रधानमन्त्री ओलीले प्रचण्डलाई डोज पुग्ने गरी दिए जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई डोज पुग्ने गरी जवाफ दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दाहालप्रति संकेत गर्दै अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै पनि काम सरकारबाट नहुने बताए ।

ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको बताएका छन् ।

टिकटकमा प्रतिबन्ध लगाउनेहरूले अहिले जे पनि बोल्न पाउनुपर्छ भनेर अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेको ओलीले बताएका छन् । तत्कालीन प्रधानमन्त्री दाहालको पालमा नेपालमा टिकटक बन्द भएको थियो । दाहालको निर्देशनमा नेपालमा टिकटिक बन्द भएको थियो । ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि टिकटकलाई खुला गरिदिएका थिए ।

प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको बैंकमा आफूले पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको बताएका छन् ।

उनले सुशासनबाट मात्रै समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रूपमा रहेकाले छिटो छरितो रूपमा कानून बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताएका छन् ।

Published : Friday, 2025 February 21, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया