खेल क्षेत्र वा युवाहरूलाई रोजगारी दिने होस्, राज्यले लगानी गर्नुपर्छ : खेलकुदमन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ‘युवा सीप वर्ष २०८१’ को उद्घाटन गरेका छन् ।

शुक्रबार हेटौँडामा मन्त्री महर्जनले बागमती प्रदेश युवा परिषदको कार्यक्रम ‘युवा सीप वर्ष २०८१’ उद्घाटन गरेका हुन् ।

मन्त्री महर्जनले युवाहरू रोजगारको निमित्त धमाधम विदेश पलायन भइरहेको भन्दै युवाहरूलाई स्वदेशमै रोजगारी दिने उदेश्यका साथ बागमती प्रदेश सरकारले सीप मुलुक तालिम कार्यक्रम संचालनमा ल्याएको बताएका छन् ।

‘चाहे खेल क्षेत्रमा होस् वा युवाहरूलाई रोजगारी दिनेमा होस्, राज्यले लगानी गर्नुपर्छ’, युवा तथा खेलकुदमन्त्री महर्जनले भनेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयमा बजेट न्यून रहेको जानकार हुँदाहुँदै पनि युवा र खेलाडीहरूको चाहनाअनुसार आफूले रोजेर युवा तथा खेलकुद मन्त्रालय समालेको मन्त्री महर्जनले बताए ।

‘म मन्त्री हुनुभन्दा पहिले नै बजेट बिनियोजन भएको थियो । मभन्दा पहिलेका मन्त्रीले युवा र खेलाडीहरूको भावना नबुझेर युवा परिषद खेलकुद परिषदमा निकै न्यून बजेट विनियोजन गर्नुभएको रहेछ’, उनले भने ।

मन्त्री महर्जनले युवा र खेलकुदको क्षेत्रमा बजेट नै सबैभन्दा थोरै रहेको भन्दै आक्रोश पोखेका छन् । प्रदेश युवा परिषदको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क सीपमुलक तालिम १६०÷३९० घण्टे (विल्डिङ ईलेक्ट्रिसियन, कुक, मन्टेश्वरी, बारिष्टा, ब्यूटिसियन र वेटर) तामिम संचालन हुने बागमती प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।

३ महिनासम्म हेटौंडामा संचालन हुने सीपमुलुक कार्यक्रम १३ सय जनाले तालिम प्राप्त गर्नेछन् । तालिमबाट युवाहरूलाई रोजगारी र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा बागमती प्रदेश सरकारले लिएको युवा तथा खेलकुदमन्त्री महर्जनले बताए ।

Published : Friday, 2025 February 21, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया