परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान गर्ने, उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्न लागेकी छिन् ।
शनिबार परराष्ट्रमन्त्री डा.राणा जेनेभातर्फ प्रस्थान गर्नेछिन् । उच्चस्तरीय सत्र फागुन १२ देखि १४ गतेसम्म आयोजना हुनेछ । परराष्ट्रमन्त्री डा.राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री डा.राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउन पहल गर्नेछिन् ।
जेनेभामा उच्चस्तरीय सत्रमा परराष्ट्रमन्त्री डा.राणा सहभागी भइ फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया