म्याग्दीमा तरुण कप प्रतियोगिता, अध्यक्ष गुरुङद्वारा खेलाडीहरूलाई हौसला प्रदान

दर्बाङ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भलिबल प्रतियोगितामा उपस्थित भइ खेलकुदप्रति राज्यले लगानी गर्नुपर्ने बताएका छन् ।
नेपाल तरुण दल म्याग्दीले दर्बाङमा आयोजना गरेको ‘तरुण कप भलिबल प्रतियोगिता’का क्रममा बिहीबार अध्यक्ष गुरुङ प्रतियोगिताको अबलोकन गर्नुका साथै खेलाडीहरूलाई हौसला प्रदान गरेका हुन् । उनले खेलाडीहरू राष्ट्रका गहना भएको भन्दै खेलाडीहरूको हौसला बढाउनु सबैको दायित्व रहेको बताए ।
म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र (२)मा पर्ने तीन वटा पालिकाको वडास्तरीय भलिवल प्रतियोगितामा १८ समूहले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेलाई नगद ६६ हजार ६ सय ६६ को साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।


बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया