रामजी खाण र मेलिना राईको ‘किन होर तरक्क’ रिलिज

काठमाडौं । गायक रामजी खाण र गायिका मेलिना राईको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘किन होर तरक्क’ सार्वजनिक गरिएको छ ।

मौलिक लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत लोकप्रिय श्रष्टा कस्तुप पन्तको छ । गीतको एरेन्ज रमेश सेन्च्युरीले गरेका हुन् ।

गीतमाथि आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र सञ्चिता बोलाखेको अभिनय रहेको छ ।

कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका छन् । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियो बन्दे प्रसादले सम्मादन गरेका हुन् । गीत कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Published : Thursday, 2025 February 20, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया