नेपाल र ओमानबीच पर्यटन प्रवर्द्धनमा सहमति, परराष्ट्रमन्त्री डा.राणाद्वारा हस्ताक्षर

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र ओमनका सम्पदा तथा पर्यटनमन्त्री सलिम बिन मोहम्मद बिन सयद अल महरूकबीच पर्यटन प्रवर्द्धनका विषयमा सहमति भएको छ ।

बुधबार ओमानको मस्कटमा नेपाल–ओमनको पर्यटनको विकास, प्रवर्द्धन र आवश्यक सहयोग तथा समन्वय सम्बन्धमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री डा.राणा र ओमनका पर्यटनमन्त्री सलिमबीच समझ्दारीपछि दुई देशमा पर्यटकीय पूर्वाधार निर्माण, पर्यटन सूचना एवं हस्पिटालिटीका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान र समन्वय हुने सहमति भएको छ ।

उनीहरूका बीच नेपालमा पर्यटनका क्षेत्रमा गर्न सकिने लगानी एवं दुवै देशको पर्यटीय सम्भावना र आदानप्रदानका विषयमा कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री डा.राणा आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनमा छिन् । उनले विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग भेटवार्ता गर्नुका साथै नेपालसँगको सम्बन्धका विषयमा कुराकानी गरेकी छिन् ।

Published : Wednesday, 2025 February 19, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया