केआईआईटी प्रकरणमा परराष्ट्रमन्त्री डा.राणाद्वारा ओडिसाका शिक्षामन्त्रीसंग कुराकानी, दाेषीलाई कारबाही गर्ने प्रतिबद्धता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा निरन्तर फलोअप गरिरहेकाे बताएकी छिन् ।
बुधबार प्रेस नाेट जारी गरेर परराष्ट्रमन्त्री डा.राणाले ओडिसाका शिक्षामन्त्रीसंग कुरा गरेकी छिन् । उनले भनिन्, `आज पनि मैले ओडिसाका हायर एजुकेशन मिनिस्टर सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेकी छु ।´
उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेँ´, डा.राणाले भनिन्,
`उहाँले यस घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी मलाई गराउनुभयो ।´
`उहाँले यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइएको बताउनभुयो´, परराष्ट्रमन्त्री डा.राणाले भनिन् ।
`उहाँले कलेजमा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको जानकारी पनि दिनुभएको थियो । कुराकानीका क्रममा मन्त्री सुरजले नेपालसँगको महत्वपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि अहिलेजस्तै सुमधुर बनाउँदै लगिने बताउनुभएको थियो´डा.राणाले भनिन् ।
`यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्´, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया