परराष्ट्रमन्त्री डा.राणा र ओमानका खनिजमन्त्री सलिमबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र ओमानको ऊर्जा र खनिजमन्त्री सलिम बिन नासेर अल औफीबीच भेटवार्ता भएको छ ।
बुधबार मस्कटमा डा.राणा र सलिमबीच भेटवार्ता भएको हो । भेटमा डा.राणाले दिगो र स्वच्छ उर्जा पूर्वाधार निर्माणमा कुराकानी भएको बताइन् ।
उनले भनिन्, ‘मैले दिगो र स्वच्छ ऊर्जा पूर्वाधार निर्माणका लागि ओमानसँग साझेदारी गर्न नेपालको चासोलाई जोड दिएको छु ।’
‘मैले ओमान र नेपालबीचको सीधा उडानहरूमार्फत थप हवाई कनेक्टिभिटीको लागि अनुरोध पनि गरेको छु’, डा.राणाले भनेकी छिन् ।
Published : Wednesday, 2025 February 19, 12:03 pm
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया