तरुणको महाकुम्भ मेला सुरु भयो, महाधिवेशन हुन्छ : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलको महाकुम्भ मेला सुरु भैसकेको बताएका छन् ।

सोमबार नेपाल तरुण दल काठमाडौंको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले पस्र्णकालिन सदस्य बितरण सुचारु गर्न निर्देशन दिए । उनले पूर्णकालिन सदस्य बितरण गरि तरुण दलमा नयाँ जोस र जागर भरिएको बताए ।

तरुण दलमा युवाहरूको आगमनले नेपाली कांग्रेस पार्टीमा नयाँ उर्जा थपिने अध्यक्ष गुरुङले बताएका छन् । उनले तरुण दलको महाधिवेशन हुने कुरामा अशंका नगर्न आग्रह गरेका छन् ।

दुई महिनाभित्र तरुण दलले महाधिवेशन सम्पन्न गर्ने अध्यक्ष गुरुङले बताए । उनले तरुणहरूलाई चुनौती र अवसर दुबै रहेको बताएका छन् ।

नेपाल तरुण दल केन्द्रीय समितिको पूर्णकालिन सदस्य एवं साधारण सदस्य बितरण गर्ने निर्णय बमोजिम नेपाल तरुण दल काठमाडौं जिल्ला कार्यसमितिको बैठक बसेको छ । निर्देशन समितिको बैठकपछि फागुन १२ गते काठमाडौं लगायत २१ जिल्लाको अध्यक्षहरूलाई नै जिल्ला अधिवेशन सम्पन्न गर्न अधिवेशन संयोजक तोकेको थियो ।

अधिवेशन संयोजक कृष्णजी खड्काको सभापतित्वमा बसेको बैठकमा नेपाल तरुण दल अध्यक्ष गुरुङज्युको विशेष उपस्थिति रहेको थियो ।

अधिवेशन संयोजक कृष्णजी खड्काले वडादेखि जिल्लासम्मको वर्तमान कार्यसमितिलाई नै काठमाडौं जिल्लाको अधिवेशन गर्ने जिम्मेवारि दिने निर्णय गरेको बताए । अधिवेशन गर्ने निर्णय काठमाडौंले सर्वसम्मत पारित गरेको छ ।

केन्द्रीय सदस्यको हकमा केन्द्रले प्रतिनिधि तोकिदिएको जिम्मेवारी अनुसार जिल्लासंग समन्वय गर्ने निर्णय भएको छ ।

Published : Monday, 2025 February 17, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया