राष्ट्रपतिद्वारा मन्त्री पौडेल र मेयर आचार्यसँग भेट, स्वास्थ्य लाभको कामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
आइतबार कीर्तिपुरस्थित अस्पतालमा उपचार गराइरहेका मन्त्री पौडेल र मेयर आचार्यलाई भेट गरेर राष्ट्रपति पौडेलले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । त्यस क्रममा राष्ट्रपति पौडेलले स्वास्थ्य लाभको कामना गरेका छन् ।
शनिबार पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा हाइड्रोजनले भरिएको बेलुन उडाउने क्रममा आगो लागेपछि मन्त्री पौडेल र मेयर आचार्य जलेर घाइते भएका थिए । उनीहरूलाई तत्काल हेलिकप्टरबाट काठमाडौंमा ल्याइ कीर्तिपुर अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।
Published : Sunday, 2025 February 16, 12:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया