परराष्ट्रमन्त्री डा.राणासँग नेपालका लागि जापानका राजदूत माइदाद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत तोरुले भेट गरि दुई देशबीचको सम्बन्धका बारेमा छलफल गरेका हुन् ।

भेटमा नेपाल–जापान सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

Published : Wednesday, 2025 February 12, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया