परराष्ट्रमन्त्री डा.राणाद्वारा कांग्रेस नेताहरू डिल्ली–योगेन्द्र र जीवनको प्रशंसा

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाली कांग्रेसले नै पहिलो पटक थारु समुदायबाट परशुनारायण चौधरीलाई महामन्त्री बनाएको बताएकी छिन् ।
शनिबार कैलालीमा कांग्रेसको थारु विभाग र थारु संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.राणाले वीपी कोइरालाले परशुनारायण चौधरीलाई कांग्रेसको महामन्त्री पदमा पहिलो पटक थारु समुदायबाटै बनाएको बताइन् ।
उनले भनिन्, ‘वीपी कोइरालाले थारु समुदायबाट पहिलो पटक त्यही बेलामा हो महामन्त्री बनाउनु भएको थियो ।’
नेतृ डा.राणाले योगेन्द्र चौधरी, डिल्लीबहादुर चौधरी, जीवन राना लगायतका नेताहरू कांग्रेसमा राम्रो स्थानमा रहेको बताइन् । उनले भनिन्, ‘अहिले पनि नेपाली कांग्रेस नै खास गरेर शेरबहादुर देउवाले नै डिल्लीबहादुर चौधरीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउनु भएको हो ।’
‘जीवन राना पनि पहिला महिला हो । त्यो पनि थारु महिला । नीति आयोगको उपाध्यक्षको रुपमा नियुक्त हुनु भएको छ । त्यो पनि नेपाली कांग्रेसकै पहलमा भएको हो’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थारु विभागका प्रमुख योगेन्द्र चौधरीको प्रशंसा गरेकी छिन् ।
उनले भनिन्, ‘योगेन्द्र चौधरी थारु नेता हो । तर, मेरो पनि नेता हो । उहाँको विश्लेषण, उहाँको कुराहरू, उहाँले बोल्दा तर्कपूर्ण कुराहरू सबै केन्द्रीय सदस्यहरूले रुचाउँछन् ।’
‘हाम्रो परिवेश सानो बनाउने होइन, ठूलो बनाएर जानुपर्छ’, उनले भनिन्, ‘कांग्रेसलाई ठूलो पार्टी बनाउने हो । देशभरिका थारुहरूलाई समेटेर जानुपर्छ ।’
उनले तरुण दलका केन्द्रीय सदस्य अविनाश चौधरीले पनि कांग्रेसको संगठन निर्माणमा गरेको योगदान र प्रयासको प्रशंसा गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले रेशम चौधरीको रिहाइका लागि कांग्रेसले पनि सहयोग र पहल गरेको बताइन् ।
उनले भनिन्, ‘रेशम चौधरीलाई छुटाउन पनि हामीले पनि पहल गरेका हौँ । उहाँ कैलालीबासी हो । हाम्रो दाजुभाई हो । सुदूरपश्चिमबासी हामी एउटै छौँ ।’
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
फेसबुकबाट तपाईको प्रतिक्रिया