गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको अध्यक्षमा घिमिरे चयन

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको अध्यक्षमा सोमनाथ घिमिरे पुनः दोहोरिएका छन् ।

फाउन्डेशनकी संस्थापक केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले अमेरिका च्याप्टरको विधान बमोजिम घिमिरेलाई अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि नियुक्त गरेकी हुन् । फाउन्डेशनको अमेरिका च्याप्टरमा घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सन् २०२५ देखि २०२८ सम्मको कार्यकालका लागि हुनेछ ।

फाउण्डेशनको उपाध्यक्षमा सुवर्ण लामा, महासचिवमा छिरिङ राप्के लामा, कोषाध्यक्षमा रेखा श्रेष्ठ रहेका छन् ।

सदस्यहरूमा ध्रुव कुँवर क्षेत्री, रामचन्द्र अधिकारी, सूर्य सिंखडा, राजेश आर्चाय, प्रेम अधिकारी क्षेत्री, प्रेमदिकी शेर्पा, फुदोमा शेर्पा, हीरा तामाङ, पासाङ एस गोर्पामा चयन भएका छन् । फाउण्डेशनको कानूनी सल्लाहकारमा अधिवक्ता गिरिजा गौतम चयन गरिएको छ ।

फाउन्डेशनको अमेरिकाको कार्यालय न्यूयोर्कमा रहेको छ । सामाजिक सेवाका कामहरू सक्रियतापूर्वक गरिरहेको फाउन्डेशनलाई अमेरिकामा प्रतिष्ठित संस्थाको रुपमा हेरिन्छ ।

फाउन्डेशनले अमेरिकामा डेमोक्रेसी, पिस र विकासलाई मूलमन्त्र मानेर काम गरिरहेको अध्यक्ष घिमिरेले बताए । उनले भने, ‘अमेरिकादेखि नेपालसम्म हामीले गिरिजावावुको मूलमन्त्र सहमति, सहकार्य र एकतालाई मानेर सामाजिक कामहरू गरिरहेका छौं ।’

Published : Saturday, 2025 February 8, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया