मोडल हन्टको उपाधिमा ५० मोडलबीच प्रतिस्पर्धा
काठमाडौं । ‘जोय मोडल हन्ट नेपाल २०२५’को अन्तिम प्रतिस्पर्धा हुन लागेको छ ।
शनिबार काठमाडौंको दरबारमार्गमा होटल याक एण्ड यतीमा आयोजना हुने प्रतिस्पर्धा ५० प्रतियोगी उपाधिका लागि भिड्न लागेका छन् ।
प्रतियोगिताको अन्तिम तयारी सकिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताए । प्रतियोगितामा पुरुषतर्फका उपाधिका लागि १७ प्रतियोगी रहेका छन् । महिलातर्फको उपाधिका लागि ३३ प्रतियोगी रहेका छन् । सबै प्रतियोगी छनौट चरणको विभिन्न प्रतियोगिता पार गर्दै फाइलनमा पुगेका हुन् ।
फाइनल प्रतियोगिताका लागि सबै प्रतियोगीले व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन विभिन्न प्रशिक्षण समेत लिएका छन् ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको छ ।
प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गर्ने आयोजक संस्थाका नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमालाले बताए । धमलाले प्रतियोगिताको फाइनल एक भव्य कार्यक्रम सहित आयोजना हुने र जसमा थुप्रै चर्चित ब्यक्तिहरुको समेत सहभागिता रहने जानकारी दिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया