अनलाईन टिभी पत्रकार संघद्वारा सामाजिक सञ्जाल विधयेकको विरोध, आन्दोलन गर्ने
काठमाडौं । अनलाईन टिभी पत्रकार संघले सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गरेको छ ।
संघले विधेयकमा संशोधनको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । संघका अध्यक्ष जीवन भण्डारीले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरूले नटेर्ने भएपछि आन्दोलन गर्ने निर्णय गरिएको बताए ।
अनलाईन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृति र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरमा नियन्त्रणको नियत राखेको अध्यक्ष भण्डारीले बताएका छन् ।
विधयेकका कतिपय व्यवस्थाले आफूहरूको पेशा मात्रै संकटमा नपारी आलोचना र खवरदारी गर्ने नागरिक अधिकार समेत खोस्ने कार्य भएको अध्यक्ष भण्डारीले बताएका छन् ।
संघले गलत व्याख्या भएर दुरुपयोग हुने व्यवस्थाहरूलाई हटाउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरू गर्ने तय गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया