कांग्रेस नेता राणाद्वारा ललितपुरको चन्दनपुरमा पुलको उद्घाटन

महाङ्काल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले चन्दनपुरमा पुलको उद्घाटन गरेका छन् ।
बुधबार ललितपुरको महाङ्काल गाउँपालिका वडा नं. ५ चन्दनपुरमा नेता राणाले पुलको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा कृषिमन्त्री रामनाथ अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो ।
महाङ्कालको चन्दनपुर पुलको उद्घाटनसँगै स्थानीयलाई आवतजावत गर्न सहज हुने प्रतिनिधि सभाका सांसद राणाले बताएका छन् । उनले भने, ‘अत्यावश्यक यातायात सुविधा उपलब्ध गराउने पुलको उद्घाटन कार्यक्रममा तथा महाङ्काल गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनमा सहभागी हुने अवसर प्राप्त गर्न पाउँदा खुसी लागेको छ ।’
कांग्रेस नेता राणाले भने, ‘स्थानीय पूर्वाधारको विकासले जनजीवन सहज बनाउने मात्र होइन, समग्र समृद्धितर्फ कदम बढाउने महत्वपूर्ण आधार पनि हो ।’
‘पुलले महाङ्कालका बासिन्दाहरूलाई आवागमनमा सहजता प्रदान गर्ने विश्वास लिएको छु’, राणाले भने, ‘गाउँसभाको अधिवेशनमार्फत आगामी विकास योजना योजनाको बारेमा जानकारी लिँदै आफ्नो सल्लाह र सुझाव दिन पाउँदा खुसी लागेको छ ।’
उनले सम्पूर्ण जनप्रतिनिधि र स्थानीय समुदायलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका छन् । ‘हामी सबै मिलेर गाउँको विकासमा अझ प्रभावकारी रूपमा अगाडि बढ्न सकौं’, नेता राणाले भने ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया